कैलालीमा उद्योग दर्ता घट्दै, तीन वर्षमा ४०४ उद्योग बन्द

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा उद्योगको दर्ता वर्षेनि घट्दै गएको छ ।

जिल्लाभित्र घरेलु तथा साना उद्योगको दर्ता तीन वर्षयता घट्दै गएको हो । साथै सो अवधिसम्म चार सय ४ उद्योग बन्द (दर्ता खारेज) नै गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार ८ सय ८४ उद्योग दर्ता भएका थिए । दर्ता भएका ती उद्योगले ९ हजार ६ सय ३२ जनालाई रोजगारीको प्रस्ताव गरेका थिए ।

दर्ता गरिएका उद्योगको लगानी प्रस्ताव पाँच अर्ब ११ करोड ५१ लाख रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा उद्योग दर्ता घटेर दुई हजार चार १४ मा सिमित बन्न पुगेको छ । दर्ता भएका ती उद्योगले ७ हजार दुई सय ४३ रोजगारी र चार अर्ब १४ करोड ६३ लाख लगानी प्रस्ताव गरेको घरेलु तथा साना उद्योग कार्यालय धनगढीको तथ्यांक छ ।

लघु, घरेलु तथा साना उद्योग दर्ता गत आर्थिक वर्ष २०७९/०८० मा आएर झण्डै आधाले घटेको छ । सो अवधिमा ११ सय ९७ उद्योग मात्र दर्ता भएका छन् । दर्ता भएका ती उद्योगले चार हजार दुई सय ३४ रोजगारी र दुई अर्ब २२ करोड १७ लाख रोजगारी प्रस्ताव गरेका छन् । यसरी पछिल्लो समय उद्योग दर्ता, रोजगारी र लगानी प्रस्ताव घट्दै गएको पाइएको छ ।

साथै २०७७ मा एक सय ४०, २०७८ मा एक सय ३२ र २०७९ मा पनि एक सय ३२ गरी चार सय चार उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभित्र १ सय ७६ उत्पादनमुलक, ६ सय २८ कृषिमुलक, १ पर्यटनमुलक, ७ सूचना प्रविधि सम्बन्धी र ३ सय ८५ सेवामुलक गरी एक हजार एक सय ९७ नँया लघु, घरेलु तथा साना उद्योग दर्ता भएका थिए ।

साथै सो अवधिमा घरेलु तथा साना उद्योग कार्यालय, कैलालीका अनुसार उद्योगी तथा व्यवसायीहरुले दर्ता खारेजी गर्नुको मुख्य कारण आर्थिक मन्दी, कच्चा पदार्थको अभाव, बढ्दो लागत र मूल्य वृद्धि लगायत रहेको बताउने गरेका छन् । बन्द हुनेमा अधिकांश कृषि क्षेत्र, उत्पादनमुलक, सेवामुलक, होटल तथा पर्यटन उद्योगहरु रहेका छन् । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत वर्ष नयाँ उद्योग दर्ता करिब ५० प्रतिशतले, रोजगारी संख्या ४१ दशमलव ५ प्रतिशतले र कुल लगानी रकम ४६ दशमलव ५ प्रतिशतले घटेको छ भने उद्योग दर्ता खारेजीको संख्या ७५ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed