एमाले समाजवादी मोर्चामा सहभागी नहुने

शेयेर गर्नुहोस

काठमाडौं । नेकपा (एमाले) समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि अध्यक्ष ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।

सञ्चारकर्मीले दुई नेताबिच के विषयमा कुराकानी भयो ? भनेर गरेको प्रश्नमा ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए ।

‘प्रधानमन्त्रीजीसँग राम्रो कुराकानी भयो समसामयिक विषयमा’, ओलीको भनाई छ । एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीको जवाफ दिए, ‘होइन ।’

यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed