देउवा सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग खारेज

शेयेर गर्नुहोस

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो ।

देउवा नेतृत्वको सरकारले २०७८ भदौमा केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन सरकारले आयोग गठन गर्दै आएको छ । यी आयोगमा सरकारमा रहेका दलहरूका निकटलाई नियुक्ति दिने गरिएको छ ।

विभिन्न ठाउँका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण थालेको अवस्थामा सत्ता समीकरण परिवर्तन भएपछि फेरि आयोग खारेज भएको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *