बझाङको चैनपुर बजारमा आगलागी

शेयेर गर्नुहोस

चैनपुर । बझाङ सदरमुकाम चैनपुर बजारमा एक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुँदा चैनपुर बजार चौराहा नजिकै रहेको दुई तले पक्की घरको भुइँ तलामा रहेको सर्जन थापाको सिलाई सेन्टरमा शुक्रबार राति ११ बजे आगलागी भएको हो ।

आगलागि बाट पसल र घर भित्र रहेका सम्पुर्ण सर सामान जलेर नष्ट भएका छन् । आगलागि नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा ६० जनाको प्रहरी टोली ,जयपृथ्वी नगरपालिकाको दमकल र स्थानियको सहयोगमा राति नै आगो निभाइएको थियो ।

क्षतिको विवरण आउन बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरी बताएका छन् ।

ताजा खबर

amazed