सुदूरपश्चिमका मुख्यमन्त्री शाह होली लगत्तै विश्वासको मत लिने तयारीमा

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमा लगत्तै विश्वासको मत लिने तयारी गरिरहेको बताउएका छन् । मुख्यमन्त्री शाहले सञ्चारमाध्यम सँगको कुराकानीमा सो तयारीबारे जानकारी दिएका हुन् ।

सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन् । विश्वासको मत कहिले लिने भन्ने जिज्ञासामा मुख्यमन्त्री शाहले भने, “हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरूसँग छलफल जारी नै छ । सहमतिको नजिक नजिक छौँ ।” अन्तिम सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यलाई दुई साताअघि मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री शाहले राप्रपाका एक मात्र प्रदेश सभा सदस्य खिमादेवी विष्ट र स्वतन्त्र तारा जोशीलाई साथमा लिएर मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्री शाहलाई कांग्रेस, नागरिक उन्मुक्ति, स्वतन्त्र र राप्रपाले पक्षमा मतदान गरेमा आवश्यक सङ्ख्या ठ्याक्क २७ पुग्छ । ५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । गोरखापत्र

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *