सुदूरपश्चिममा पहिलो पटक विधुतिय खेलकुद प्रतियोगिता हुँदै

शेयेर गर्नुहोस

धनगढी। सुदुरपश्चिममै पहिलो पटक विधुतिय खेलकुद प्रतियोगिता (Electronic Game Competition) हुने भएको छ । धनगढी ट्रेनिङ सेन्टरको आयोजनामा पहिलो पटक प्रदेशमा विधुतिय खेलकुद प्रतियोगिता हुन लागेको जनाइएको हो ।

सुदुरपश्चिम प्रदेशका विद्यार्थीहरुका लागी समयको विकास सँगै टेक्नोलोजी क्षेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटर युगमा विद्यार्थीहरुलाई कम्प्युटर ज्ञान सम्बन्धि मनोबल उच्च बनाउनका लागि सो प्रतियोगिता आयोजना गरिने भएको हो ।

विधुतिय खेलकुद प्रतियोगितामा लुडो ,चेस र कार रेस गरि ३ वटा खेल खेलाइने छ। हाल एसइइ परीक्षा दिइरहेका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागी हुन पाउने छन। एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने छ । प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने र खेल सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्स पढाईने भएको हो।

यस खेलमा सहभागी हुन विद्यार्थी आफै संस्थाको कार्यालयमा उपस्थित भइ वा संस्थाको फेसबुक पेजधनगढी ट्रेनिङ सेन्टरमा राखिएको (Electronic Game Competition लिंकमा जोडिएर या सिधै त्यहाँ पेजमा राखिएको स्क्यानलाई स्क्यान गरेर निशुल्क रुपमा आवेदन फाराम भर्न सक्ने छन । यहीँ चैत ३० गते सम्म आवेदन फाराम भर्न मिल्ने छ । एसइइ परीक्षा सकिएपश्चात समयको सदुपयोग तथा नयाँ ज्ञान हासिल गर्नमा यस प्रतियोगिताले विद्यार्थीहरुलाइ विशेष सहयोग गर्छ भन्ने आयोजक संस्था धनगढी ट्रेनिङ्ग सेन्टर प्रा लि ले भरोसा गरेको छ । थप जानकारीको लागि ०९१५२६१३३ वा ९८४८६८८६४८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *