शेयेर गर्नुहोस
टीकापुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्राकृतिक व्यवस्थापन कलेज टीकापुरको चौथो सम्मेलन सम्पन्न भएको छ ।
कलेज कमिटी अध्यक्ष दिपेन्द्र धितालको अध्यक्षताको भएको सम्मेलनको प्रमुख अतिथी अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष मनोज राई रहेका थिए । विशिष्ट अतिथिमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्यद्वय भुपेन्द्र साउँद, दिपक रावल र अनेरास्ववियु कैलाली जिल्लाका सह इन्चार्ज एवं किशोर शाह रहेका थिए ।
नयाँ कमिटी गठनका लागि कलेज कमिटीले आयोजना गरेको सम्मेलनको सञ्चालन दिपिका दुवाडी र अर्जुन सिग्देलले गरेका थिए । सृष्टि जैशिले स्वागत गरेको कार्यक्रममा मनोज राई, भुपेन्द्र साउद, दिपक रावल, किशोर शाह, अनेरास्ववियु कैलाली जिल्ला कमिटी सह संयोजक हरिष न्यौपाने र टीकापुर नगर कमिटी अध्यक्ष योगेश थापा लगायतले मन्तव्य राखेका थिए । सम्मेलनको कलेजका विद्यार्थी लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
















