देउवाले बझाङ र इलामका लागि प्रस्ताव गरे दुई जनाको नाम

शेयेर गर्नुहोस

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् ।

आफ्नै निवास बूढानीलकण्ठमा आयोजित संसदीय बोर्डको बैठकमा देउवाले खड्का र सिंहको नाम प्रस्ताव गरेको जानकारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले दिइन् । ‘सभापतिले खड्का र सिंहको नाम प्रस्ताव गरिसक्नुभएको छ ।

सायद यी दुवैको नामलाई बैठकले अन्तिम रुप दिनेछ,’ उनले भनिन् । संस्थापन इतरले भने इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान लिँदै आएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *