शेयेर गर्नुहोस
अत्तरिया । कैलालीबाट ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ९ जना बुधवार पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा ३५ हजार रुपैयाँ जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने भवानीप्रसाद संग्रोला, लागुऔषध मुद्दामा ३ महिना २१ दिन कैद सजाय ठहर भएका गोदावरी–२ कै घनश्याम जोशी र नकवजनी चोरी मुद्दामा २९ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना ठहर भएका गोदावरी–९ बस्ने दीपकराज जोशी रहेका छन् ।
त्यस्तै, नक्कली मुद्रा सम्बन्धी मुद्दामा ४७ हजार ३०० रुपैयाँ जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–७ बस्ने सुनिता राना, फौजदारी विविध मुद्दामा ३,३ हजार जरिवाना ठहर भएका धनगढी–६ बस्ने रघुनाथ भट्ट र चन्द्रा देवी भट्ट, लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय ५ हजार जरिवाना ठहर भएका धनगढी–८ बस्ने जयशंकर सिंह, जारी मुद्दामा १ महिना कैद सजाय १ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका–८ बस्ने शिवचरणी चौधरी र वन मुद्दामा १ लाख ५६ हजार ९८२ जरिवाना ठहर भएका कैलारी गाउँपालिका–८ बस्ने छेदुराम चौधरी पक्राउ परेका छन् ।
उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी इकाइहरुबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।















