कैलालीमा पाँच जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

धनगढी । दार्चुलाको एकसहित कैलालीबाट पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई दोषी भएका अलग अलग मुद्दाका फरार प्रतिवादीहरुलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वन्यजन्तुको अवैध सिकार मुद्दामा १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ बस्ने जितबहादुर राना, चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका–१ बस्ने खडके देउवा, सोही मुद्दामा १ महिना कैद सजाय र ३ हजार जरिवाना ठहर भएका दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बस्ने दिनेशराज बिष्ट रहेका छन् ।

यस्तै छुवाछुत मुद्दामा ५सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–३ बस्ने ओम प्रकाश पाण्डेय र चोरी मुद्दामा १ हजार ९ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–७ बस्ने ज्ञानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए ।

यी पाँचै जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कार्कीले जानकारी दिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *