नेपाल आइडल ओडविरुद्ध बलात्कार मुद्दा दर्ता

शेयेर गर्नुहोस

अत्तरिया । नेपाल आइडल रवि ओडविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । कञ्चनपुरको कृष्णपुरका ओडमाथि उनकै श्रीमतीले बलात्कार मुद्दा दर्ता गरेकी हुन ।

ओडविरुद्ध चैत्र २१ गते इलाका प्रहरी कार्यालय झलारीमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मुद्दा परेपछि उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरिक्षक इश्वर थापाले बताएका छन ।

हाल रवि वड कार्यक्रमको शिलसिलामा विदेशमा रहेको पारिवारीक श्रोतले जनाएको छ । रविले चैत्र १४ गते कैलालीको गोदावरीकी युवतीसँग कानुनी विवाह गरेका थिए । विहे हुनुअघि दुवैजना विगत डेढ वर्षदेखि लिभिङटुगेदरमा रहेका थिए ।

ती युवतीसँग रविले नेपाल आइडल हुनअघि नै मङ्गेतर गरेका थिए । यसअघि चैत्र १३ गते पनि वडले ती युवतीलाई कुटपिट गरेपछि इलाका प्रहरी कार्यालयमा गुलरीयामा सहमति गरी छाडिएको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *