राजेन्द्र महतोको प्रदर्शनमा २७ जना घाइते

शेयेर गर्नुहोस

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आज (शनिवार) काठमाडौंमा गरेको प्रदर्शनमा २७ जना घाइते भएका छन् ।

घाइते भएकाहरको राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा आफै पनि घाइते भएका छन् । उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । उनले भने, ‘हालसम्म २७ जना घाइते र तीन जना गिरफ्तार भएको तथ्यांक हामीसँग आइपुगेको छ, अरु संकलन भइरहेको छ ।’

पक्राउ परेकाहरुमा सन्तोष मेहता, सनम लिम्बु र रामप्रवेश साह रहेका छन् । घाइतेहरुको बारेमा जानकारी लिन राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो ट्रमा सेन्टर पुगेका छन् ।

खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।

ताजा खबर

कैलाली जिल्लाका सीमा नाका आजबाट बन्द हुने

कमसल सामाग्री प्रयोग गरेर सडक बनाउन माहिर ठेकेदार लखेटिए

कर्तव्य ज्यान सम्बन्धी कसुरमा दुई महिला पक्राउ

बैतडीमा बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते

कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *