शेयेर गर्नुहोस
काठमाडौं । ललितपुर र सिन्धुपाल्चोक जिल्लामा आगोले जलेर दुईजनाको मृत्यु भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सिक्मा मेटल इन्ट्रक्स सोफा कारखानामा विद्युत् सर्ट भई शनिबार बिहान आगलागी हुँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरुषको सोही आगलागीमा जलेर मृत्यु भएको छ । साथै उक्त आगलागीबाट टहराभित्र रहेको सम्पूर्ण फर्निचरका सामानहरू जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पालधाप गाउँपालिका-८ बस्ने ६२ वर्षीया योग कुमारी धितालको आगोले जलेर मृत्यु भएको छ । शुक्रबार बिहान चुलोमा बालेको आगो धोतीमा सल्कीएर शरिर जलि गम्भीर घाइते भएकी उनको शनिबार बिहान शुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।















