शेयेर गर्नुहोस
धनगढी । कैलालीमा अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराह नजिक, गोदावरी नगरपालिका—२ तेघरी पहाड रोड र भजनी नगरपालिका—३ कुसमघाटबाट अवैध रुपमा भारतबाट ल्याइएका अन्दाजी ५६ हजार ९०० मूल्यको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
चिनी, बिडी, सुर्ती, चक्लेट, चियापत्ती, खानेतेल, पानीपुरी, सुट कपडा लगायतका सामान शनिवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।















