शेयेर गर्नुहोस
धनगढी । भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगलागी भएको छ । भारतको मध्य प्रदेशमा आइतवार बिहान नेपाली सवार बसमा आगो लागेको हो ।
भारतको यूपी नम्बरको बसमा आगो लागेको भएपनि पूर्ण विवरण आएको छैन् । धनगढीबाट भारतका विभिन्न सहरहरूमा यातायात व्यवसाय सञ्चालन गर्दै आएकाहरूका अनुसार भारतबाट नेपालीहरू पठाइएको गाडीमा आगो लागेको हो । तर, भारतबाट नेपालीहरू पठाउने समितिको बारेमा समेत खुलेको छैन । बसमा चल्दा चल्दै आगो लागेको बताइएको छ । तर, कारण खुलेको छैन ।
बस जलेर नष्ट भएको छ । मानवीय क्षति नभएको बसमा सवारहरूले बताएका छन् । बसमा सवारहरू अहिले बाटोमा अलपत्र परेका छन् । आइतवार बिहान बसमा आगो लागेको हो । धनगढीबाट यातायात व्यवसाय सञ्चालन गर्दै आएकाहरूले भारतीय नम्बर प्लेटका बसहरू प्रयोग गर्दै आएका छन् । भारतीय नम्बरका गाडीहरूमा पटक–पटक समस्या आउने गरेको छन् ।















