भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको हो ।

मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।

सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् । स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ)को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो ।

उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट ८ जनाको शव निकालेको थियो । मृतक सात जना महेन्द्रनगरका रहेको बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन् । उनीहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे ।

काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed