शेयेर गर्नुहोस
धनगढी । कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका–१ मा रहेको जगदम्बा मयुर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्तलाई अवैध काठसहित शुक्रवार पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए ।
पन्तले अवैध रूपमा लुकाएर राखेको ५९ क्युफिट काठ समेत बरामद गरिएको डिभिजन वन अधिकृत कडेलले बताए । अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।















