टीकापुर अस्पतालका अध्यक्ष सोडारीद्वारा जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले आफ्नो जन्मदिनको अवसरमा टीकापुर अस्पतलमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेका छन् । अध्यक्ष सोडारीले बुधबार बिहान अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गरेका हुन् ।

बिरामीलाई स्याउ, केरा, अंगुर बितरण गरेका हुन । सामाजिक कार्यमा सक्रिय हुने अध्यक्ष सोडारीले फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा बिरामीलाई फलफूल दिएर मनाउदा खुशी मिल्ने बताए ।

उनले बिरामी, असहायहरुलाई सेवा, सहयोग गरेर जन्मदिन मनाउदा आनन्द आउने बताउदै अरुलाई पनि जन्मदिन तडकभडकभन्दा पनि सेवा, सहयोग गरेर मनाउन आग्रह गरेका छन् ।


फलफूल वितरण कार्यक्रममा अध्यक्ष सोडारी संग उनकि धर्मपत्नी, छोरा र छोरी समेत सहभागि थिए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *