कैलाली र कञ्चनपुरबाट साढे ५ लाख बढीको अवैध सामान फेला

शेयेर गर्नुहोस

अत्तरिया । प्रहरीले कैलाली र कञ्चनपुरमा साढे ५ लाख बढीको अवैध सामान फेला पारेको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट ५ लाख ६२ हजार ७ सय ३० मूल्य बराबरको अवैध सामान फेला पारेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, धनगढी–४ बसपार्क, धनगढी–१९ फूलबारी, कैलारी गाउँपालिका–४ हनुमान मन्दिर नजिक, कैलारी–७ सरदारघाट, भजनी नगरपालिका–३ ढुसी, जवलपुर, बर्दवाफाँटा, टीकापुर नगरपालिका–७ कालिमाट़ीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४ लाख ४५ हजार ८५० मूल्को चिनी, मोबाइलका सामान, सुर्ती, चप्पल, माछा, ब्रोइलर कुखुरा, पानीपुरी लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र पुनर्वास नगरपालिका–११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १६ हजार ८८० मूल्यको तेल, सुर्ती, मिश्री, चिनी, जिरा, मसला, दाल लगायत हार्डवेयरका सामानहरु मंगलवार नै प्रहरी गस्ती टोलीले फेला पारी । नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ताजा खबर

कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका सामान बरामद

बाजुरामा जङ्गलमा आगोबाट एक घरमा आगलागी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

कर्णाली नदीमा नुहाउने क्रममा मोहन्यालका शाही बेपत्ता

वैदेशिक रोजगारी ठगीको आरोपमा जानकीका आचार्य पक्राउ

amazed