शेयेर गर्नुहोस
धनगढी । धनगढी उपमहानगरपालिकाको टिप्परले ठक्कर दिँदा एक जना पुरुष घाइते भएका छन् ।
उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले गौरीगंगा नगरपालिका–१ निवासी ४७ वर्षीय बाबुराम चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । आज (बुधबार) बिहान धनगढी ४ उत्तरबेहडीस्थीत साइकलमा सवार रहेका चौधरीलाई टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तपेन्द्र सिँह बोहराले जानकारी दिए ।
घाइते भएका चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाईते चौधरीको केजी अस्पतालमा उपचार भइरहेको छ । टिप्पर र चालक सुरेन्द्र रावललाई अहिले प्रहरीको नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ ।















