अछाममा रुखबाट लडेर एक किशोरको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । अछाममा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोसन गाउँपालिका–५ का १४ वर्षीय पुरन रोकायाको रुखबाट लडेर मृत्यु भएको हो ।

रामारोसन गाउँपालिका, वडा नम्बर ५ को कार्यालयका अनुसार भरत रोकायाका १४ वर्षीय छोरा पुरनको बुधवार रुखबाट लडेर मृत्यु भएको हो । गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक वनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनी लडेका हुन् । उनी नीलकण्ठ माध्यमिक विद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत रहेका थिए । उनी कक्षाकै प्रथम हुने विद्यार्थी हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

अछामको रामारोसन लगायतका लेकाली क्षेत्रमा रुखहरूबाट जडीबुटी तथा झ्याउहरू निकाल्ने बेचबिखन गर्ने गरिएको छ ।

ताजा खबर

amazed