शेयेर गर्नुहोस
अत्तरिया । कैलालीमा लागुऔषध र नगदसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–२ धबईबाट सोही ठाँउ बस्ने ३२ वर्षका त्रिभुवन चन्द बुधवार साँझ पक्राउ परेका हुन् ।
उनलाई ६ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनको कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थसहित ४१ हजार रुपैयाँ र एक थान मोबाइल समेत फेला फेला पारी पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















