अछाममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

शेयेर गर्नुहोस

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

विनायकबाट तोली गइरहेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक रहेका छन् ।

बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घाइते दुवै जनालाई उपचारका लागि एम्बुलेन्सबाट जिल्ला अस्पताल, मङ्गलसेन लगिएको छ । चालक भारतीलाई बढी चोट लागेको छ भने विकको खट्टा भाँचिएको बताइएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed