भारतको हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु

शेयेर गर्नुहोस

हरियाणा । हरियाणाको कनिना क्षेत्रको उन्हानी गाउँमा रहेको महिला कलेज नजिकै बिहीबार बिहान स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा ३५ भन्दा बढी बालबालिका घाइते भएका छन् ।

प्रहरी र प्रत्यक्षदर्शीका अनुसार बस नियन्त्रण बाहिर गएपछि बसका चालकले गुडिरहेको बसबाट हाम फालेका थिए । त्यसपछि बस रुखसँग ठोक्किएर पल्टिएको थियो । बस पल्टिनेबित्तिकै विद्यालयका बालबालिकाहरू बसको अगाडिको सिसा फुटाएर बाहिर खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बसमा जम्मा ४५ जना बालबालिका सवार थिए । करिब १० बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जीएल पब्लिक स्कुल कनिनाको यो स्कुल बस सहलाङ, झाड्ली, धनौंडाबाट बालबालिका लिएर कनिनातर्फ आउँदै गरेको थियो । इदको बिदा भए पनि बिहीबार विद्यालय बन्द गरिएको छैन । घाइतेहरूलाई कनिना लगिएको छ, जहाँ केहीलाई नरनौल, पीजीआईएमएस रोहतक र रेवारीमा रिफर गरिएको छ ।

प्रहरीकाअनुसार बस चालक भने अझै फरार छन् । स्थानीय प्रहरी अधिकृत उदय भानले सञ्चारमाध्यमलाई भने, ‘प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीको बयानअनुसार चालकले मदिरा सेवन गरी बस चलाएको खुलेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । मृत्यु हुने अधिकांश बालबालिका धनौंडा गाउँका बासिन्दा हुन् ।”

बस पल्टिएपछि नजिकैका मानिसहरूले सबैभन्दा पहिले बालबालिकालाई बाहिर निकाल्न थाले । केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *