भारतको हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु

शेयेर गर्नुहोस

हरियाणा । हरियाणाको कनिना क्षेत्रको उन्हानी गाउँमा रहेको महिला कलेज नजिकै बिहीबार बिहान स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा ३५ भन्दा बढी बालबालिका घाइते भएका छन् ।

प्रहरी र प्रत्यक्षदर्शीका अनुसार बस नियन्त्रण बाहिर गएपछि बसका चालकले गुडिरहेको बसबाट हाम फालेका थिए । त्यसपछि बस रुखसँग ठोक्किएर पल्टिएको थियो । बस पल्टिनेबित्तिकै विद्यालयका बालबालिकाहरू बसको अगाडिको सिसा फुटाएर बाहिर खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बसमा जम्मा ४५ जना बालबालिका सवार थिए । करिब १० बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जीएल पब्लिक स्कुल कनिनाको यो स्कुल बस सहलाङ, झाड्ली, धनौंडाबाट बालबालिका लिएर कनिनातर्फ आउँदै गरेको थियो । इदको बिदा भए पनि बिहीबार विद्यालय बन्द गरिएको छैन । घाइतेहरूलाई कनिना लगिएको छ, जहाँ केहीलाई नरनौल, पीजीआईएमएस रोहतक र रेवारीमा रिफर गरिएको छ ।

प्रहरीकाअनुसार बस चालक भने अझै फरार छन् । स्थानीय प्रहरी अधिकृत उदय भानले सञ्चारमाध्यमलाई भने, ‘प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीको बयानअनुसार चालकले मदिरा सेवन गरी बस चलाएको खुलेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । मृत्यु हुने अधिकांश बालबालिका धनौंडा गाउँका बासिन्दा हुन् ।”

बस पल्टिएपछि नजिकैका मानिसहरूले सबैभन्दा पहिले बालबालिकालाई बाहिर निकाल्न थाले । केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *