भक्तपुरको दुईपोखरीमा डुबेर एक पुरुषको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । भक्तपुरको थिमीस्थित दुईपोखरी (निगु पुखुः)मा डुबेर एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पोखरीमा डुबेर अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीले बताए ।

केसीका अनुसार घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेको र तत्कालै कसैले नदेखेकाले उनको मत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । मृतक श्रेष्ठ थिमी–४ कै स्थानीयबासी रहेको डीएसपी केसीले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed