रेड्सन प्लाजाबाट सञ्चालकसहित पाँच जना जुवाडे पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको अत्तरियामा रहेको रेड्सन प्लाजाबाट सञ्चालकसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको रेड्सन प्लाजाबाट होटल सञ्चालक ४२ वर्षीय करनबहादुर चन्दसहित पाँच जना पक्राउ परेका हुन् । रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा शनिबार प्रहरीले सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

चार जना जुवाडेको नाम भने प्रहरीले खुलाएको छैन् । इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले एक लाख ५५ हजार दुई सय नगद, पाँच गड्डी तास, तीन पाना एनएमबी बैंकको खाली चेकसहित पाँच जनालाई पक्राउ गरिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

amazed