टीकापुरमा विद्यार्थीहरुलाई लोक सेवा परीक्षा सम्बन्धि अभिमुखीकरण

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा विद्यार्थीहरुलाई लोक सेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । थारु विद्यार्थी समाज जिल्ला कार्यसमिति कैलालीको आयोजनामा लोक सेवाको तयारी गर्न चाहने र गरिरहेकाहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यसमितिका अध्यक्ष आशिष चौधरीको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथिमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी रहेका थिए भने विशिष्ट अतिथिमा टीकापुर नगरपालिका(६ का वडाध्यक्ष बलिराम चौधरी रहेका थिए

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चौधरीले ठिक एक वर्ष अगाडी दाङको सिसहनीयामा निशुल्क लोकसेवा अभियान सुरु गरेको बताउदै लोक सेवा पढ्न चाहने हुटहुटी भएका तर आर्थिक अवस्था कमजोर भएकाहरुका लागि यो अभियान सुरु गरिएको बताए । उनले यो अभियानको ८ औं संस्करण पुगेको भन्दै नेपालको जुनसुकै ठाउँमा आफ्नो पोस्टिङ् भएपनि निशुल्क लोक सेवा अभियानलाई निरन्तरता प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीले कम्तिमा ४० जना लोक सेवा प्रती चासो राख्ने विद्यार्थीहरुलाई भेला गराएर आफुलाई जानकारी दिए सार्वजनिक विदाको दिन निशुल्क र निस्वार्थ रुपमा कक्षा दिने जनाएका छन् । उनले लोक सेवा कसरी तयारी गर्ने, के पढ्ने, कति पढ्ने, कसरी पढ्ने, कसरी के लेख्ने, कति लेख्ने, सरकारी जागिरको फाइदा बेफाइदा विभिन्न पक्षबारे आफुले जानेका कुरा साझा गर्ने बताएका छन् ।

टीकापुर सामुदायिक पुस्तकालयको सभाहलमा गरिएको अभिमुखीकरणमा ८१ जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed