कञ्चनपुरमा ट्याक्टर पल्टिदा चालकको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिएपछि लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको ज्यान गएको छ । उनको ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

amazed