अहिलेको सत्ता समिकरण पुरै अवधि चल्छः प्रधानमन्त्री प्रचण्ड

शेयेर गर्नुहोस

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता समिकरण पुरै अवधि चल्ने बताएका छन । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको समिकरण बाहिर चर्चा आएको जस्तो केही नभएको बताए ।

‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण’ उनले भने ।

उनले प्रदेशमा सरकार बनाउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको बताए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका छन् ।

amazed