शेयेर गर्नुहोस
अत्तरिया । कैलालीमा प्रहरीले अवैध सामान फेला पारेको छ । धनगढीसहित जिल्लाका विभिन्न स्थानमा भन्सार छलीका अवैध सामान फेला परेका हुन् ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक र भन्सार चोक, धनगढी–४ दक्षिणकाली, गोदावरी नगरपालिका–३ चौकीडाँडा र कैलारी गाउँपालिका–३ हुलाकी रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ४९ हजार २८५ मूल्यको सामान फेला परेको प्रहरीले बताएको छ ।
प्याज, सुर्ती, पान मसला, नरिवल, जिरा, धनिया, बिडी, सरफ, चाट मसला, पास्ता, अचार मसला लगायतका उक्त मूल्यका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।















