सर्वोच्चमा रञ्जिताको दाबीः टिकापुर हत्याकाण्डका मुख्य अभियुक्त नाउपा सदस्य समेत हुन मिल्दैन !

शेयेर गर्नुहोस

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टिकापुर हत्याकाण्डको कुसर माफी मिनाहा अन्त्य नहुने जवाफ पेश गरेकी छिन् । रञ्जिताले आफूविरुद्धको रिट निवदेन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतलाई ११ बुदे जवाफ पेश गरेकी हुन ।

उनले जवाफमा फौजदारी अभियोग लागेको व्यक्ति, टिकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति राजनीतिक दलको सदस्य समेत हुन नपाउने उल्लेख गरेकी छिन् ।

साथै रञ्जिताले टिकापुरमा भएको नाउपाको प्रथम अधिवेशनलाई कथित अधिवेशनको संज्ञा दिएकी छिन् । उनको लिखित जवाफमा अदालतबाट दोषी ठहर भएका व्यक्ति नाउपाको सदस्य समेत हुन नपाउने विधान रहेको उल्लेख गरेकी छिन् ।

पार्टीका संरक्षक रेशम लाल चौधरीले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशमलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन । निर्वाचन आयोगले अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशम निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।

नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए । अध्यक्ष रञ्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् ।

रञ्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए । महेन्द्रनगर पोस्टबाट

ताजा खबर

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा बाघको आतंक बढ्दो, सत्तीमा खायो एक बाख्रा

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

amazed