कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका—७ हल्दुखालबाट ०।२७ ग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ०.९४ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट थप अनुसन्धान गरिरहेको छ ।

amazed