अनलाइन सट्टेबाजी खेलिरहेका १५ जना प्रहरीको नियन्त्रणमा

शेयेर गर्नुहोस

काठमाडौं । बाँके प्रहरीले अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित अयुव हल्वाईको घरमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा छापा मार्दा उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग भएका डिजिटल उपकरणसमेत प्रहरीले बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार अनलाइन सट्टेबाजी खेल्न प्रयोग भएको १८ वटा ल्यापटप, ५६ वटा मोबाइल सेट र एक सेट पिओई स्विचलगायतका उपकरण प्रहरीले बरामद गरेको छ । उनीहरूले विभिन्न वेभपेजमार्फत आइपिएललगायत खेलहरूबाट अनलाइन सट्टेबाजी खेलेको खुलेको डिएसपी डाँगीले बताए ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ बर्दियाका ३८ वर्षीय विराज पौडेल, सोही ठाउँका २० वर्षीय शाश्वन पाठक, खजुरा गाउँपालिका–१ बाँकेका ३८ वर्षीय ईश्वर राणा, सोही ठाउँका ३७ वर्षीय टोपबहादुर थापा, मिक्लाजुङ गाउँपालिका–६ मोरङका २५ वर्षीय इसाक लिम्बू, मिक्लाजुङ गाउँपालिका–९ मोरङका १९ वर्षीय सुदेश राई, मिक्लाजुङ गाउँपालिका–१ मोरङका २२ वर्षीय रोशन दनुवार र ऐंसेलुखर्क गाउँपालिका–६ खोटाङका २७ वर्षीय प्रवीण राई रहेका छन् ।

त्यसैगरी, इलाम नगरपालिका–इलामका ३३ वर्षीय पर्शुराम दर्जी, सिराहा नगरपालिका–७ सिराहाका २३ वर्षीय राकेशकुमार यादव, वीरगन्ज महानगरपालिका–१४ पर्साका ३१ वर्षीय सुरेन्द्र चौधरी, चाङडिगढी नगरपालिका–८ उदयपुरका ३२ वर्षीय भास्कर मगर, आठबिसकोट नगरपालिका–९ रुकुम पश्चिमका २६ वर्षीय दीपेन्द्र केसी, अजुरकोट गाउँपालिका ४ गोरखाका २९ वर्षीय रूपक कोइराला र त्रिवेणी गाउँपालिका २ पर्वतका ३५ वर्षीय सुन्दर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *