कैलालीमा चोरी मुद्धामा फरार एक जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–३ का सुमन ताम्राकार शुक्रवार पक्राउ परेका हुन । सुमनलाई जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ५ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकेको थियो ।

सजाय तोकेकै दिनबाट फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

amazed