बेत उत्पादनमा सत्ती कर्णाली सामुदायिक वन अग्रणी स्थानमा

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । सत्ती कर्णाली सामुदायिक वन नेपालकै सबैभन्दा बढी बेत उत्पादन हुने वन हो । टीकापुर नगरपालिका-७ मा अवस्थित यस सामुदायिक वनको मुख्य आम्दानीको श्रोत पनि बेत नै हो । चारवटा प्लट छुट्याएर सत्ती कर्णाली सामुदायिक वनमा बेत उत्पादन गरिदै आएको छ । एक वर्षमा एक प्लटको मात्र बेत काटेर बजारमा पठाउने यो सामुदायिक वनले ठूलो क्षेत्रफलमा बेत उत्पादन गरिरहेको छ ।

वनका कार्यालय सचिव मिनबहादुर ठकुल्लाले १४७ हेक्टर क्षेत्रफलमा पानी बेत उत्पादन भइरहेको बताए । उनले चार वटा प्लट छुट्याएर बेत उत्पादन भइरहेको बताउदै वर्षमा एक प्लट मात्र बेत काट्ने गरेको बताए । यो वर्ष चार नं। प्लटको बेत काट्ने काम भइरहेको ठकुल्लाले जानकारी दिए ।

उनले हालसम्म दुई हजार क्विन्टल काचो बेत काटेर सुकाउन राखेको बताउदै सुकिसकेपछी उक्त बेत सात सय क्विन्टल भएको बताए । चार नं। प्लटमा ६ हजार ४४६ क्विन्टल काचो काचो बेत उत्पादन हुने ठकुल्लाले जानकारी दिए । बेत काटेर सुकाउन राखेपछि ६५ प्रतिशतसम्म सुक्ने गरेको समेत उनले जानकारी दिए ।

सामुदायिक वनमा उत्पादन हुने बेत मध्ये अधिकांश भारतीय बजारमा निर्यात हुने गर्दछ । बेतका विभिन्न सामाग्री बनाउन केही मात्रामा मात्रै स्थानीय बजारमा जाने भए पनि धेरै भारतमा निर्यात हुने गरेको छ ।

सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले यो वन बेत उत्पादनका हिसाबले नेपालमै पहिलो सामुदायिक वन भएको बताए । उनले फाट्टफुट्ट केही मात्रामा अन्यत्र बेत उत्पादन हुने गरे पनि प्राकृतिक रुपमा र ठूलो क्षेत्रफलमा यहाँ मात्र बेत उत्पादन हुने गरेको दाबी गरे । अध्यक्ष चौधरीले वनले बेतबाट राम्रै आम्दानी गरिरहेको भन्दै यसैबाट केही स्थानीयले रोजगारी पनि पाएको बताए ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *