शेयेर गर्नुहोस
धनगढी । कैलाली र कञ्चनपुरमा विभिन्न आठ वटा स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहमानगरपालिका–९ त्रिवेणीघाट, भजनी नगरपालिका–१ ठेगनपुर र कैलारी गाउँपालिका–४ ‘के’ गाँउ जङ्गलबाट करिब दुई लाख १२ हजार ३६० मुल्यको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो । प्याज, चिनी, सुर्ती, बिडी, चक्लेट, खानेतेल, मटर, इन्जिन तेल, फिल्टर, एक थान मोटरसाइकल शनिबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
उता कञ्चनपुरमा विभिन्न चार स्थानबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ तुम्डेनी, बेलौरी नगरपालिका–२ बैजुडाडा, बेलौरी नगरपालिका–६ नकैया र बेलौरी नगरपालिका–१० भुडाबाट करिब ६१ हजार ३३० मुल्यको अबैध प्याज, चिनी, लेडिज सुट, कपडा, वाइरिङका सामान, जुत्ता, मोटरसाइकलका ट्युव, चेन, हार्डबेयर, किरानालगायतका सामान शनिबार प्रहरीले बरामद गरेको छ ।















