पंन्चे बाजाका कलाकारलाई झकुला र साउनाई वितरण

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरी नगरपालिका–१२ ले झकुला र साउनाई वितरण गरेको छ । वडा कार्यालयले दलित लक्षित समुदायका पंन्चे बाजाका कलाकारहरूलाई झकुला र साउनाई वितरण गरेको हो । सोमबार उक्त सामाग्री वडाको सहयोगमा अपाङ्ग उत्थान समाज कैलाली मार्फत वितरण गरिएको थियो ।

अपाङ्ग उत्थान समाज कैलालीका अध्यक्ष जय धामीको सभापतित्वमा भएको झकुला र साउनाई वितरण कार्यक्रममा वडा अध्यक्ष भीम खड्का प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा वडाका ८ जनालाई झकुला र ४ जनालाई साउनाई वितरण गरिएको थियो । वडा अध्यक्ष खड्काले दलित समुदायको उत्थान र दलित समुदायका परम्परागत सीप जोगाउन वडा कार्यालय लागि परेको बताए । उनले लोप हुन लागेको बाजा र पहिरनको संरक्षण गर्नको लागि वडाले छुट्टाएको १ लाख बाट झकुला र साउनाई वितरण गरिएको बताए ।

उनले विगत देखि नै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *