यस्ता छन् चुकन्दर खानुको फाइदा

शेयेर गर्नुहोस

काठमाडौं । चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसको सेवनले मुटुको रोगसम्बन्धी जोखिम कम गर्छ ।

यो बेलाटिन पाइने सीमित तरकारी मध्ये एउटा हो । बेलाटिनले सुन्निएको कम गर्छ भने क्यान्सर र अन्य खाले रोगविरुद्ध शरीरलाई सुरक्षा पनि दिन्छ । यसमा भरपुर मात्रामा फोलेट भिटामिन पनि पाइन्छ । यसले हर्ट स्ट्रोकको खतरा कम गर्छ ।

यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । चुकन्दरको सेवनले छाला पनि स्वस्थ रहन्छ । चुकन्दरको जुस खाँदा रक्त प्रवाहमा सुधार आउँछ । यसबाट दिमाग पनि स्वस्थ रहन्छ । चुकन्दर खाँदा शरीरमा रगतको कमी पनि हट्छ । यसलाई खाँदा तौल कम गर्न मद्दत मिल्दछ । यसबाट कब्जियतको समस्या पनि टाढा भाग्छ । (एजेन्सी)

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *