टीकापुर पार्कको शिघ्र व्यवस्थापन गर

शेयेर गर्नुहोस

टीकापुर पार्कमा देशका बिभिन्न जिल्लाहरु बाट घुम्न आउनेहरुको संख्या बढ्दो छ । टीकापुर पार्कमा देशका थुर्पै जिल्लाहरु लगायत बिदेशी पर्यटकहरुको उपस्थिती समेत रहदै आएको छ । बाहिरबाट झट्ट हेर्दा टीकापुर पार्कको गेटले पार्कको सौन्दर्यता बढाएको पक्कै पनि छ । तर गेट प्रवेश पश्चात पार्क खासै रमणीय छैन । किनभने बिगतका वर्षहरुको तुलनामा टीकापुर पार्क अव्यवस्थित बनेको छ । टीकापुर पार्कमा के–के बिषय अभाव छ भन्ने बारे ध्यान नदिदा पनि टीकापुर पार्कको सौन्दर्यता खस्किएको हो ।

टीकापुर पार्क टीकापुर नगरपालिकाले संरक्षण गर्दै आएको छ । टीकापुर पार्कमा १३ जना कर्मचारी खटाइएको पनि छ । तर टीकापुर पार्कलाई बिगतको तुलनामा के कति समस्या छ भन्ने बारे ध्यान नदिएको गुनासो बढ्दै गएको छ । साथै टीकापुर पार्क भित्र कर्णाली नदीको किनारमा पिकनिक स्थल छ । यो पिकनिक स्थल समेत अव्यवस्थित छ । पिकनिक स्थल फोहोरले दुर्गन्धित बनेको छ । यस बिषयमा समेत टीकापुर नगरपालिकाको ध्यान दिन सकेको छैन ।

अन्य बिभिन्न अभाव भएका बिषयमा टीकापुर नगरपालिकाले टीकापुर पार्कमा कार्यरत कर्मचारीहरुबाट पार्कका समस्याहरु बारे बुझ्न समेत नितान्त आवश्यक देखिन्छ । टीकापुर पार्कलाई व्यवस्थित गरेर धेरैभन्दा धेरै पर्यटक भित्राउन सके टीकापुर नगरपालिकाको राजश्व वृद्धि सँगै यहाँका नागरिकको जीवनस्तरमा समेत सुधार हुने भएकाले नगरपालिकाले शिघ्र ध्यान दिनुपर्छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *