यी हुन् सबैभन्दा धेरै कमाउने भारतीय फिल्महरू

शेयेर गर्नुहोस

नयाँ दिल्ली । भारतीय सिनेमाको इतिहास सय वर्षभन्दा धेरै पुरानो छ । यस अवधिमा भारतीय फिल्म उद्योगले लाखौं फिल्म बनाइसकेको छ । तर गएको केही वर्षमा उद्योगमा कयौँ नयाँ कीर्तिमान बनेको छ ।

पछिल्ला वर्षहरूमा भारतीय फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । यो वर्ष आउन लागेको कल्की २८९८ एडी लगायत केही फिल्मले उद्योगमा नयाँ मानक स्थापित गर्ने आशा गरिएको छ । यी फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि भरपुर कमाई गरेका थिए । यो सूचिमा विश्वभर १ हजार करोड भारुभन्दा धेरै कमाउने फिल्महरू राखिएका छन् ।
दंगल

नितेश तिवारीको निर्देशनमा बनेको दंगल सन् २०१६ मा रिलिज भएको थियो । यस फिल्ममा बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान, साक्षी तन्वर, सान्या मल्होत्रा र फातिमा सना शेख मुख्य भूमिकामा देखिएका थिए । फिल्ममा आमिरले पहलवान महावीर सिंह फोगाटको भूमिका निभाएका थिए । भारतीय पहलवान महावीर सिंह फोगाटको जीवनमा आधारित यो फिल्म बक्स अफिसमा निकै सफल भएको थियो । आमिर पनि यो फिल्ममा निर्माताको रुपमा जोडिएका थिए । रिलिज हुनेबित्तिकै फिल्मले आफ्नो नाममा कयौँ रकेर्ड बनाएको थियो । मिडिया रिपोर्टका अनुसार फिल्मले विश्वभर २ हजार करोड भारुभन्दा बढी कमाइ गरेको थियो ।
बाहुबली २

एसएस राजामौलीको निर्देशनमा बनेको बाहुबली २ बाहुबलीको सिक्वेल थियो । फिल्मको पहिलो हिस्सा सन् २०१५ मा रिलिज भएको थियो । यस फिल्ममा प्रभास, राण दुग्गबती, अनुष्का शेट्टी, तमन्ना भाटिया, सत्यराज आदि मुख्य भूमिकामा देखिएका थिए । बाहुबली २ सन् २०१७ मा हलमा आएको थियो । बाहुबलीले दर्शकको मनमा ठुलो जिज्ञासा पैदा गरेको थियो । जसका कारण पनि दोस्रो भागलाई व्यग्रताका साथमा कुरिएको थियो । फिल्म रिलिज भएपछि सफलताको नयाँ आयाम बन्यो । मिडिया रिपोर्टका अनुसार यो फिल्मको विश्वभरमा करिब १ हजार ८०० करोड भारु व्यापार गरेको थियो ।
आरआरआर

बाहुबलीबाट देशभर चर्चित भएका निर्देशक एसएस राजामौलीको यो अर्को फिल्म थियो । अघिल्लो फिल्मको सफलतापछि सबै उनको नयाँ फिल्मको प्रतीक्षामा थिए । सन् २०२२ मा रिलिज भएको यो फिल्ममा जुनियर एनटीआर, रामचरण तेजा, आलिया भट्ट र अजय देवगन महत्वपूर्ण भूमिकामा थिए । यो भारतीय स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमराम भीममा आधारित काल्पनिक फिल्म थियो । भारतमा मात्रै नभई विदेशमा पनि फिल्मले निकै प्रशंसा पायो । यस फिल्मको गीत नाटु–नाटुले उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्ड नै पायो । मिडिया रिपोर्टका अनुसार फिल्मले विश्वभर करिब १ हजार ३ सय करोड भारु कमाएको थियो ।
केजीएफ २

केजीएफ २ सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म केजीएफको दोस्रो भाग थियो । प्रशान्त नीलले निर्देशन गरेको यो फिल्मको एक्सन जबरदस्त थियो । एक्क्शनै कारण फिल्म निकै चर्चित भयो । फिल्मका मुख्य कलाकार यश यस फिल्मपछि राष्ट्रिय स्तरमा चर्चित अभिनेताका रूपमा देखिए । फिल्मले घरेलु बक्स अफिसमा कमाइका हिसाबले धेरै रेकर्ड बनायो । यो फिल्मले पनि विश्वभर करिब १ हजार ३ सय करोड भारुको व्यापार गरेको थियो । (एजेन्सी)

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *