डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

शेयेर गर्नुहोस

डोटि । डोटीको पुर्वी चौकी गाउ पालिका वडा नं १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धनगढी बाट अछामका लागी छुटेको कर्णाली रिर्भर यातायात को ना ६ ख २५२९ नम्बर को गाडी आज बिहान ५ बजे तिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

मृत्यु हुनेहरुमा बान्निगडि वडा नम्बर ३ का ५९ बर्षका पदम साउद , चौरपाटी गाउपालिका सात मार्कुका ३१ टिकाराम बिक, र कैलाली बस्ने आछामकी ५५ वर्षकी लक्षिमा बिक रहेका छन । घाइतेहरु मध्येका ८ जनाको अबस्था घम्भिर रहेको बताईएको छ ।

घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पुर्याएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी इन्द्र मल्लले बताउनु भयो। घाईते हुनेहरुमा जनालि पाँचका ३० बर्षिय रबि बिक, ३८ वर्षकी धना साउद, ३० वर्षका भरोशा जनाला, १७ वर्षिय उमेश जनाला, २५ वर्षिय रमेश जनाला, २२ बर्षकी खिमा जनाला, २ वर्षकी सृष्टि जनाला, २१ वर्षका दिनेश शाही, २२ पार्वती नचेल, २९ वर्षका मनोज नचेल, १६ बर्षका खेमराज भोटेल, साढे पाँच वर्षका रोशन नचेल, १८ बर्षका सुरेश बिक, ४० वर्षकी गौरी ढुङ्गाना, १० वर्षका प्रकाश थापा, दिपक शाही, ३९ वर्षका राम बहादुर रावल रहेका छन ।

यस्तै २१ वर्षका धिरेन्द्र नेपाली , ३१ वर्षका दिपेन्द्र शाही, १५ बर्षकी भरु जनाला, २९ वर्षका नराज बिक, २२ वर्षका गणेश साउद, ३० वर्षका रबि बिक , १५ वर्षका दिनेश शाही, १६ वर्षका अर्जुन साउद, २९ वर्षकी अस्मिता भण्डारी, १० महिनाका विजय भण्डारी, ५ वर्षकी दुर्गा भण्डारी, २३ वर्षका भरत साउद, ४५ वर्षकी कल्धरी कामी, २२ वर्षकी गिता कामी र २७ वर्षका हेमन्त साउद घाईते भएका छन् ।

प्रहरीका अनुसार वस सडक बाट सय मिटर तल खसेको बताइएको छ। उक्त बसमा चालकसहित ३३ जना सवार रहेका थिए। वस चालक निधायर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

ताजा खबर

यस्ता समस्या भएका व्यक्तिहरुले काउलीको सेवन नगर्नुहोस्

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

amazed