फोहोर व्यवस्थापनमा टीकापुर नगरपालिकाको लापरवाही

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय / टीकापुर, २५ साउन – टीकापुर अस्पतालको गेट अगाडी लामो समयदेखि जम्मा रहेको फोहोरको डंगुर व्यवस्थापन तर्फ नगरपालिकाले लापरबाही गरेको छ । रोगमुक्त हुन अस्पताल भित्र जाने बिरामी फोहोरको दुर्गन्धले गेट बाहिरै रोगग्रस्त हुनुपर्ने बाध्यतासमेत सिर्जना हुँदासम्म पनि नगरपालिकाले ध्यान दिन सकेको छैन ।
अस्पताल जस्तो संवेदनशील ठाउँ जहाँ दैनिक सयौं बिरामीहरु उपचारका लागि आउने गर्दछन त्यहीँको अवस्था दुर्गन्धित रहेको र यहाँको सरसफाइमा नगरपालिकाले नासो दिन नसकेको अस्पतालका विकास समिती अध्यक्ष दीपक रावलले बताए ।
उनले नगरपालिकाका कर्मचारी लाई बारम्बार लिखित, मौखिक जानकारी गराउदा पनि बेवास्ता गरेको दाबी गरे । नगरपालिकाको फोहोर उठाउने गाडीले समेत यता ध्यान नदिएको उनको गुनासो छ ।
उनले गत बिहीवार पनि नगरपालिकामै गएर नगर प्रमुखका स्वकिय सचिव निर्मला चौधरीलाई कम्तिमा अस्पताल गेट अगाडिको फोहोर त जतिसक्दो छिटो उठाइ दिनुस भन्दै आग्रह गरेका थिए । जवाफ स्वरुप चौधरीले एकैछिन मा गाडी पठाईदिने भनेता पनि त्यो व्यवहारमा लागू हुन सकेन ।
यता फोहोर व्यवस्थापनको जिम्मा पाएकी निर्मला चौधरीले फोहोर फाल्ने ठाउँको अभावमा सबै ठाउँको फोहोर उठाउन नसकिएको बताइन । ‘केही केही ठाउँको उठाउछौं तर हरेक दिन एक एक ठाउँको जम्मा गर्दापनी समस्या हुन्छ,’ नगर प्रमुखको स्वकिय सचिव समेत रहेकी चौधरी ले भनिन, ‘फोहोर फाल्ने ठाउँको अभावका कारण उठाउन सकिएको छैन । ठाउँकै खोजिमा छौं ।’
बजारका प्रायः फोहोर मलाई भएका सबै ठाउँमा फोहोरको अवस्था यस्तै छ । फोहोर मलाई भन्दा बढी फोहोर बाहिर डंगुर लागेर निकै दुर्गन्धित छन । ग्रीन टीकापुर क्लिन टीकापुर भनेर नारामा मात्रै सिमित टीकापुरलाई सफा, स्वच्छ राख्न नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा मात्र समावेश गरेर काम भने नहुने गरेको देखिएको छ ।
यसतर्फ स्थानीय नागरिक र जिम्मेवार व्यक्तित्वहरुले बारम्बार ताकेता गर्दासमेत नगरपालिकाले ध्यान नदिनु नगरपालिकाको कमजोरी रहेको स्थानीयको भनाई छ ।
अस्पताल रोडमै चारठाउँमा रहेका फोहोर मलाई भरिएर बाहिर डंगुर नै लागेको छ । यतिमात्र नभई बजारभरीका थुप्रै चोक र गल्लीमा फोहोर मलाई भरिएर दुर्गन्धित बन्दासम्म नगरपालिका ले ध्यान नदिएको स्थानीयले दाबी गरेका छन् ।
फोहोर व्यवस्थापन नभएको सम्बन्धी स्थानीय नागरिक, सञ्चारकर्मीले बारम्बार आवाज उठाउदा समेत नगरपालिका भने अटेरी स्वभाव देखाइरहेको छ ।
नाक छोप्नुपर्नेगरी गन्हाउने फोहोरको दुर्गन्धबाट यो महामारी को बेलापनि सबैले मास्क लगाउनुपर्छ है भन्ने सन्देश दिन त खोजिएको हैन त्यो भने बुझ्न सकिएको छैन ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *