कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका सामान बरामद

FILE PHOTO

शेयेर गर्नुहोस

धनगढी । कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका सामान बरामद गरिएको छ ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ बालुवाघाट, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह, भजनी नगरपालिका–५ हलौनाघाट, जोशीपुर गाउँपालिका–३ मनिकापुर र कैलारी गाउँपालिका–४ भितरिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ९५ हजार ५ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, गुड, प्लाष्टिक झिल्ली, खुर्सानी, नरिवल, सरफ, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरि कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–९ मटेना, भीमदत्त नगरपालिका–१० सुकासाल, भीमदत्त नगरपालिका–१२ भाइरल पुल र बेलौरी नगरपालिका–१ फटैयाबाट अन्दाजी ६ लाख ६३ हजार ६३० मूल्य बराबरको सामान बरामद गरिएको छ ।

सोही मूल्य बराबरको प्याज, चिनी, मिश्री, अचार, विभिन्न कम्पनीका क्यापसुल, माछा, मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ । दुबै जिल्लाबाट ८ लाख ५८ हजार ६३५ मुल्यको नियन्त्रणमा लिएको सामान सम्बिन्धित भन्सार कार्यालयमा पठाइएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *