सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत पाउने आधार अनिश्चित बनेको छ ।

नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक नै स्थगित हुन पुगेको हो । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार साँझ ५ बजे बोलाइएको बैठक शनिबार साँझ साढे ५ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सत्ता पक्षबाटै विश्वासको मत नपाइने खतरा बढेपछि मुख्यमन्त्री सोडारीको आग्रहमा प्रदेशसभाको बैठक स्थगित गरिएको हो । सल्लाह नै नगरी विश्वासको मत लिन खोजेको भन्दै सोडारीलाई मत नदिने एमालेले बताएको थियो । नागरिक उन्मुक्ति पार्टी विश्वासको मतबारे विभाजित छ ।

पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । यता रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । सत्तारुढ माओवादी केन्द्रले भने सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने संसदीय दलका नेता मानबहादुर धामीले बताएका छन् ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको हो । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ । सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत आर्जन गर्न २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । प्रदेशसभामा हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *