शेयेर गर्नुहोस
धनगढी । कैलालीमा लागूऔषधसहित रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका छन् ।
जिल्लामा गोदावरी नगरपालिका–२ बस्ने २० वर्षीय गुरूङको घरमा खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा चुरोटको डब्बा भित्र लुकाई राखेको अवस्थामा १ ग्राम ५४० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनको साथबाट नगद १० हजार समेत फेला पारी नियन्त्रणमा लिईएको छ ।
यस्तै गौरिगंगा नगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–७ देबरीया स्थित राधेश्याम श्रेष्ठको घरमा कोठा गरी बस्ने २७ वर्षीय कबिन्द्र बखरीयाको कोठामा चेकजाँच गर्दा उनले लुकाई राखेको १ ग्राम ८३० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कबिन्द्रको साथबाट नगद ३६ हजार र लागूऔषध फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















