शेयेर गर्नुहोस
टीकापुर । युएसएआईडी जल जङ्गल परियोजनाको आयोजना प्राकृतिक स्रोतमा आधारित उद्यमीहरुका लागि उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।
विरेन्द्रनगरमा भएको तालिममा सुर्खेत जिल्लाका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका , चौकुन गाउँपालिको र भरीगंगाा नगरपालिका तथा दैलेख जिल्लाको गुराँस गाउँपालिका प्राकृतिक स्रोतमा आधारित साना तथा मझौला व्यवसायीहरुलाई उद्यम विकास सम्बन्धि तालिम प्रदान गरिएको हो ।
तलिममा माछा पालन, सुन्तला खेती, जडीबुटी,पशुपालन, टिमुर खेती ,दुना टपरी, सिस्नो पाउडर ,कृषि तथा पशुपंक्षी पालन व्यवसाय तथा होमस्टे लगायतका साना तथा मझौला व्यवसायीहरुको सहभागीता रहेको थियो । यस तालिमको उद्देश्य प्रकृतिमा आधारित उद्यमहरूको पहिचान गर्नु र उनीहरूको व्यवसायको दृष्टिकोण र योजनामा क्षमता अभिवृद्धि गर्नु रहेको कुरा युएसएआईडी जल जङ्गलका उद्यम विकास अधिकृत मुकेश कुँवरले जानकारी दिए । उनले तालिमले उद्यमीहरूलाई वातावरणीय दिगोपनलाई ध्यानमा राखी प्रकृतिमा आधारित उद्यमहरूको व्यवसाय योजनाको बारेमा बुझ्न मद्दत गर्ने कुरा कुँवरले जानकारी दिए ।
तालिममा सहभागी साना तथा मझौला व्यवसायीहरुहरूलाई जैविक विविधता ,जलवायु परिवर्तन ,सफल उद्यमीका विशेषता ,व्यवसाय छनौट ,व्यवसायको परिचय,महत्व,व्यवसाय गर्दा ध्यान दिने कुराहरु, निति नियम, माग तथा आपूर्ति खेल मोड्युल २ ,व्यवसायीक योजना सम्बन्धि कक्षा संचालन गरिएको थियो ।
युएसएआईडी जल जंगलले प्रकृतिमा आधारित उद्यमहरूलाई सहयोग गर्नेछ जसले जैविक विविधताको संरक्षणमा मद्दत गर्नेछ र अन्ततः यसको संरक्षणमा नेतृत्व गर्नेछन भने यसले व्यवसायीहरुको एकअर्कालाई अन्तरक्रिया र बुझ्ने र उनीहरूको उद्यम सम्बन्धी समस्या र समस्याहरू साझा गर्ने अवसर प्रदान गर्नेछ ।
तालिममा युएसएआईडी जल जङ्गल परियोजनाका उद्यम विकास अधिकृत मुकेश कुँवर, एनसाब नेपालका डा. दिपेश प्याकुरेल तथा बराहताल र भेरीगंगा नगरपालिका उद्यम विकास सहजकर्ताहरु समेतले तालिमको सहजीकरण गरेका थिए ।















