डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

शेयेर गर्नुहोस

डडेल्धुरा । डडेल्धुरामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१ ००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको सूचना अधिकारी कुसुम नायकले बताए ।

उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *