शेयेर गर्नुहोस
अत्तरिया । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित यात्री प्लाजा होटलबाट प्रहरीले संचालक सहित पुरुष, महिलालाई पक्राउ गरेको हो ।
होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालक सहित २ पुरुष , एक जना महिलालाई पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
शनिवार अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई होटलबाटै पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















