शेयेर गर्नुहोस
धनगढी । कञ्चनपुरमा अवैध सामान फेला परेको छ । आइतबार जिल्लाका विभिन्न स्थानमा प्रहरीले एक लाख बढीको अवैध सामान फेला पारेको हो ।
भीमदत्त नगरपालिका–१०, ११, १७ साइपन नगर नजिक र बेलौरी नगरपालिका–२ खुसा चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १८ हजार ४०० मूल्यको प्याज, चिनी, बिडी, मिठाई, खानेतेल, दाल, चप्पल, सुर्ती, बिस्कुट, थान कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।















