शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट शुँक्लाफाटा नगरपालिका–१ वन्साह बस्ने २१ वर्षीय पारश बिष्ट र १८ वर्षीय किशोर ०.२३ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन् । यी दुबै जनाको साथबाट मोटरसाईकल १ थान समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका–६ नकैयाबाट कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया बस्ने २५ वर्षीय समिर बसुवालाई २.५६ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिईएको कञ्चनपुर प्रहरीले जनाएको छ । खैरोहेरोईनसहित मंगलवार तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाइएको छ ।















